CTEVT तथा नेपाल सरकारबाट मान्यता प्राप्त, 📞 सम्पर्क: 025-583511

स्वरोजगार ट्रेनिङ सेन्टर

सीप विकास व्यावसायिक तालिम • स्वरोजगार तथा रोजगारी बनाउने अभियान

स्वरोजगार ट्रेनिङ सेन्टरमा स्वागत छ

सिप सिकौं रोजगार बर्नौ सिप सिक्न स्वरोजगार ट्रेनिङ सेन्टर लाई रोजौं

रोजगारी, उद्यमशीलता र उज्ज्वल भविष्यका लागि बेरोजगार युवा तथा युवतीहरुलाई व्यावहारिक र रोजगारीमुखी व्यावसायिक सीप प्रदान गर्ने हाम्रो उद्देश्य हो।।

हाम्रो बारेमा

सीप, रोजगारी र आत्मनिर्भरताका लागि प्रशिक्षण

“सीप सिकौ आत्मनिर्भर बनौ” भन्ने मुल नाराका साथ स्वदेशी तथा वैदेशिक श्रम बजारमा माग भए बमोजिमका रोजगार मूलक सीप विकाश तालिम संञ्चालन गर्ने र अदक्ष तथा अर्धदक्ष जनशतिmलाई सीपमूलक तालिमको माध्यमबाट दक्ष जनशति उत्पादन गर्ने उदेश्यले स्वरोजगार तालिम केन्द्र को नाममा मिति २०७४।०६।०६ गते नेपाल सरकार र विभिन्न गैर संस्था द्धारा मान्यता प्राप्त गरी सुन्दर नगरी इटहरीमा स्थापना भएको हो तर विभिन्न कारणले गर्दा मिति २०७५।१०।२१ गते कम्पनिको नाम परिवर्तन गरिएर स्वरोजगार ट्रेनिङ सेन्टर भएको हो । आत्म + निर्भरता दुई शब्द मिलि आत्मानिर्भरता बनेको हो । जस्मा आत्मा को अर्थ स्वयम आफुु आफैमा र निर्भरताको अर्थ भर पर्नु भन्ने बुझिन्छ । आत्मानिर्भरताको तात्पर्यता नै आफु आफैमा बाँच्नु र अरु कसैको भरमा नपर्नु भन्ने बुझिन्छ । आजको यस २१ औं शताब्दीमा आत्मानिर्भरताका निम्ति व्यावसायिक तालिमको अहम भूमिका रहेको छ । यसको अभावमा मानिस कुईरोमा रुमलिएको काग जस्तै र पखेटा नभएको चरा जस्तै बन्न पुगेको छ । यहि समस्यालाई मध्यनजर गदै बेरोजगार युवा तथा युवतिहरुलाई सिप सिकाएर उनिहरुलाई सक्षम बनाई रोजगारी तथा स्वरोजगार बनाउने उदेश्यले यस संस्थाके स्थापना गरिएको हो ।

हामी को हौँ?

हामी बेरोजगार युवा, युवति साथै सिप सिक्न चाहानुहुने सम्पुर्णलाई प्रयोगात्मक तथा शैदान्तिक तालिमका माध्यमबाट सिप सिकाई त्यस सिपलाई प्रत्यक्ष व्यावहारमा उतारेर उनिहरुलाई आय आर्जन गर्न सक्ने बनाउनु हामो उदेश्य हो । हाम्रो प्रशिक्षणमा प्रयोगात्मक अभ्यास, सुरक्षा, अनुशासन, आत्मविश्वास र रोजगारीमुखी सीपलाई प्राथमिकता दिई बजारमा आएका नयाँ नयाँ प्रविधिका बारेमा पनि जनकारी दिनुका साथै बजार सर्वेक्षण गरि व्यवसाय संचालन गर्न वितिय व्यवस्थापन गर्न पनि सिकाईने छ ।

व्यावहारिक सिकाइप्रयोगात्मक अभ्यास र वास्तविक कार्यको अनुभव।
करियर केन्द्रितरोजगारी र उद्यमका अवसरसँग सम्बन्धित सीप।
सुरक्षा र गुणस्तरजिम्मेवार कार्यशैली र गुणस्तरीय मापदण्ड।
उद्यमशीलतास्वरोजगार तथा रोजगारीतर्फ विद्यार्थीलाई प्रोत्साहन।

हाम्रो भिजन

गुणस्तरीय व्यावसायिक तालिममार्फत दक्ष, आत्मविश्वासी र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने भरपर्दो सीप विकास केन्द्र बन्नु।

हाम्रो मिशन

सुलभ, व्यावहारिक र रोजगारीमुखी तालिम प्रदान गर्ने, प्राविधिक क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र दिगो जीविकोपार्जन निर्माणमा विद्यार्थीलाई सहयोग गर्ने।

व्यावसायिक तालिम

लोकप्रिय तालिम कार्यक्रमहरू

आज सिकेको सीप, भोलिको सफलताको आधार हो। त्यसैले सहि तालिम छनौट गर्नुहोस् र आजैबाट तालिम सिक्न शुरु गर्नुहोस् ।

Electrical training
प्राविधिक

इलेक्ट्रिकल / हाउस वायरिङ

इलेक्ट्रिकल इन्स्टलेसन, वायरिङ, उपकरण, सुरक्षा र व्यावहारिक ट्रबलसुटिङ।

Construction training
सीपमूलक

प्लम्बिङ तथा सेनिटरी

पाइप फिटिङ, सेनिटरी सिस्टम, मर्मत तथा साइटमा आवश्यक व्यावहारिक सीप।

Computer training
आईटी सीप

कम्प्युटर तथा आईटी सीप

कम्प्युटर आधारभूत ज्ञान, हार्डवेयर, नेटवर्किङ, अफिस एप्लिकेसन र डिजिटल सीप।

Beautician training
ब्युटिसियन

ब्युटिसियन तालिम

ब्युटी केयर, सैलुन सीप, सरसफाइ र ग्राहक सेवा।

Tailoring training
जीविकोपार्जन

टेलरिङ तथा ड्रेस मेकिङ

कटिङ, सिलाइ, नाप, फिनिसिङ र साना व्यवसाय सञ्चालनसम्बन्धी सीप।

Welding and workshop training
वर्कसप

वेल्डिङ तथा जनरल मेकानिक्स

वर्कसप अभ्यास, फ्याब्रिकेसन आधार, उपकरण र सुरक्षित कार्यविधि।

सफलताका कथाहरू

स्वरोजगार ट्रेनिङ सेन्टरका सफलताका वास्तविक कथाहरू

श्रम संसार कोशीमा स्वरोजगार ट्रेनिङ सेन्टरका लागि प्रकाशित सफलताका कथाहरू।

“

सिपले मेरो जीवनमा आएको परिवर्तन.....

म चौबिसे गाँउपालिकाको वडा नं ५ धनकुटामा बस्छु । मेरो नाम सरोज बुढाथोकी हो । म पहिला गाँउ घरमै खेतिपाती गर्दै पढ्ने गर्थे तर परिवारको आर्थिक अवस्था कमजोर भएको कारण पढाई लाई अघि बढाउन सकिन । जसो तसो गरेर कक्षा १० चाहि पास गरे । हाम्रो परिवारमा हामी जम्मा ५ जना छौ । हाम्रो परिवार सबै खेतिपातीमानै निर्भर छौ तर के गर्ने कुनै कुनै वर्ष त खेतिपातीले खानै पुग्दैन् र ऋण काढेर पनि जिविका चलाउनु पर्ने हुन्छ ।

गाँउ घरका खराब साथिभाईको संगत र परिवारको आर्थिक कमजोरी आदिले मलाई झन्डै कुलतमा फसाई सकेको थियो तर मलाई चाहि जहिलैपनि आफैले काम गरेर आर्यआजन गर्न मन लागि रहन्थियो । गाँउ घरमा केहि नहुने रहेछ भनेर म घर छोडेर काम खोज्न धरान आए तर पढाई कमजोर भएको कारण भने जस्तो काम पाईन । त्यस पछि पुर्न: म घर फर्किए तर घर गएपछि झन मलाई तनाब हुन थाल्यो अब के गर्ने होला ? कसरी जिवन बिताउने होला ?

एक दिन गाउँकै दाईसँग भेट भयो र उहाँले सीप सिक्न सल्लाह दिनुभयो । नेपालमै रोजगार गर्न सकिने, विदेश जान पनि काम लाग्ने र आफै स्वरोजगार हुन सकिने कुरा सुनेपछि मैले इटहरीमा तालिम सिक्ने निर्णय गरेँ । त्यसपछि मैले स्वरोजगार ट्रेनिङ सेन्टर रोजेँ ।

तालिमका लागि बजारको माग अनुसार फ्रिज, ए.सि मर्मत तालिम सिक्न सल्लाह पाएँ । तालिममा सिंगल डोर फ्रिज, डबल डोर फ्रिज, डिप फ्रिज, मिक्चर, हिटर, गिजर, राईस कुकर, वासिङ मेसिन, ए.सि आदि सिकाइयो । तालिम केन्द्रमा मात्र नभई फिल्डमा समेत लगेर व्यावहारिक सीप सिकाइयो ।

पछि कामको अवसर पनि पाएँ र फ्रिज तथा ए.सि. मर्मत गर्ने पसलमा काम गर्न थालेँ । शुरुमा गाह्रो भए पनि अहिले आफै काम गर्न सक्ने भएको छु । पुरानो दिन सम्झदा अहिले धेरै आनन्द आउँछ । हृदयदेखि नै स्वरोजगार ट्रेनिङ सेन्टर प्रा.लि. लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, जसले मलाई सक्षम बनाई दिनुभएको छ । अब जहाँ जुनसुकै ठाउँमा गएर आफै व्यवसाय गरेर बस्न सक्ने भएको छु ।

“

लगनशिलता र सीपले सफल बनाउँछ

मेरो नाम बरुण सिक्दार हो । अहिले म परिवार सहित सुन्दरहरैँचा–२, मृगौलियामा बस्छु । सुरुमा म वैदेशिक रोजगारीमा गएको थिएँ । त्यहाँ भने जस्तो आय नभएपछि सीप सिकेर स्वदेशमै केही गर्ने बाटो रोजेँ ।

स्वरोजगार ट्रेनिङ सेन्टरबाट व्यावहारिक तालिम लिएपछि आफ्नो सीपमा आत्मविश्वास बढ्यो र काम तथा स्वरोजगारतर्फ अगाडि बढ्ने अवसर पाएँ । यो कथा लगनशीलता, सीप र निरन्तर प्रयासले जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

“

वैदेशिक रोजगारमा दुख पाएर स्वदेशमै उकासिएको जिवन

मानिसको जिवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन् तर समस्यालाई पहिचान गरी सकरात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै असफलतालाई पनि पछि पार्दै सफलता हात पार्न सकिन्छ भन्ने उदाहरणका रूपमा यो सफलता कथा प्रस्तुत गरिएको छ ।

सीप र व्यावहारिक तालिममार्फत स्वदेशमै काम गर्ने, आयआर्जन गर्ने र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई यस कथाले उजागर गर्छ ।

विद्यार्थी समीक्षा

हाम्रा विद्यार्थीहरू के भन्छन्?

★★★★★

प्रयोगात्मक कक्षाले उपकरण र काम गर्ने तरिका बुझ्न धेरै सजिलो भयो।

विद्यार्थी – प्राविधिक तालिम
★★★★★

प्रशिक्षकहरू सहयोगी हुनुहुन्थ्यो र सिकाइ वातावरण राम्रो थियो।

विद्यार्थी – आईटी तालिम
★★★★★

कमाइका लागि प्रत्यक्ष प्रयोग गर्न सकिने सीपमा तालिम केन्द्रित भएको मन पर्यो।

विद्यार्थी – जीविकोपार्जन तालिम
अनलाइन भर्ना

आफ्नो तालिम यात्रा सुरु गर्नुहोस्

फारम भर्नुहोस् र भर्नासम्बन्धी जानकारीका लागि ट्रेनिङ सेन्टरले तपाईंलाई सम्पर्क गर्न सक्छ।

तपाईंको सोधपुछ स्वरोजगार ट्रेनिङ सेन्टरको इमेलमा पठाइनेछ। भर्नाबारे केन्द्रले तपाईंलाई सम्पर्क गर्न सक्छ।

सम्पर्क

हामी तपाईंको सेवामा छौँ

📍

ठेगाना

Itahari-6, Sunsari, Nepal
इटहरी-६, सुनसरी, नेपाल

📞

फोन

025-583511

✉️

इमेल

swarojagartrainingcenter@gmail.com

अहिले आवेदन दिनुहोस्